काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकाको डोजर यतिबेला कपनको खहरे खोलामाथि बनेको घरटहरा हटाउन पुगेको छ ।
वडा नम्बर ७ कपनमा रहेको अवैध संरचना हटाउन डोजरसहित पुग्दा स्थानीहरुले विरोध जनाएका छन् ।
बुढानिलकण्ठ नगरपालिका–१० को सिमानमा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको सटब्याक नछोडी सामाखुशी खोला मिचेर संरचना बनाएको भन्दै महानगर भत्काउन पुगेको महानगरले जनाएको छ । स्थानीयको विरोधपछि डोजर भने चलेको छैन् ।
७ नम्बर वडाबासीले महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । file photo