काठमाडौं, २४ साउन । संसदको गतिरोध अन्त्यको लागि प्रमुख ३ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका हुन् ।
आज बिहान ११ बजेदेखि बालुवाटारमा ३ दलको बैठक बसिरहेको छ । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अबरोध गर्दै आएको छ ।
संसद खुलाउन सभामुख देवराज घिमिरले २ दिनसम्म शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।