रजनीकान्तको जेलर भोलि रिलिज हुँदै, ५ हजारसम्मको टिकट खरिद गर्दै दर्शक | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

रजनीकान्तको जेलर भोलि रिलिज हुँदै, ५ हजारसम्मको टिकट खरिद गर्दै दर्शक

एजेन्सी, २४ साउन । अगस्ट १० मा सुपरस्टार रजनीकान्त फिल्म जेलरबाट दुई वर्षपछि ठूलो पर्दामा फर्कदैछन् । दक्षिणमा चाडपर्वको माहोल छ । विभिन्न ठाउँमा रजनीकान्तको होर्डिङ्स राखिएको छ, जसलाई दूधले अभिषेक गरिएको छ । ५ अगस्टदेखि अग्रिम बुकिङ सुरु भएको छ र केही समयमै १५ अगस्टसम्मका सबै शोहरू तमिलनाडु, कर्नाटक र आन्ध्र प्रदेशका धेरै सहरहरूमा बुक भइसकेका छन्।

ट्वीटर र अन्य सामाजिक सञ्जाल प्लेटफर्ममा ५ हजार रुपैयाँसम्म टिकट कालोमा बिक्री भइरहेको छ । यसका लागि फ्यानहरू जुनसुकै मूल्य चुकाउन पनि तयार छन् । तमिलनाडु र कर्नाटकमा धेरै कम्पनीहरूले बिदा घोषणा गरेका छन्। कर्मचारीलाई चलचित्रको टिकट पनि दिइने भएको छ । चलचित्रको टिकट नपाएको भन्दै फ्यानहरुबीच पहिलो दिन प्रतिस्पर्धा नै भएको छ, पहिलो दिन एक थिएटरका व्यवस्थापकलाई फ्यानले आक्रमण गरेका छन् । प्रबन्धक हाल अस्पतालमा भर्ना छन्।

भारतमा मात्रै नभई विदेशमा पनि रजनीकान्तको फिल्मको ठूलो क्रेज छ । जेलर अमेरिकामा पनि सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्ने अनुमान गरिएको छ। केही सञ्चारमाध्यमका अनुसार जेलरले अहिलेसम्म अग्रिम बुकिङबाट विश्वभरबाट १२२ करोड रुपैयाँभन्दा बढी कमाइसकेका छन् । रजनीकान्तको फिल्मको विश्वव्यापी क्रेज यसबाट पनि अनुमान लगाउन सकिन्छ कि अगस्ट ११ मा बलिउडका दुई ठूला फिल्म गदर–२ र ओएमजी–२ पनि रिलिज हुँदैछन् तर ‘जेलर’को अग्रिम बुकिङ यी दुवै फिल्मभन्दा धेरै गुणा बढी छ ।

धेरै रजनीकान्तको फिल्म रिलिज हुनुअघि उनका फ्यानहरूले फर्स्ट डे फर्स्ट शो हेर्नको लागि अफिसबाट एक दिन बिदा लिन आवेदन दिन थाल्ने किस्सा पहिले देखि नै चलिआएको हो । यो चलन रजनीका अघिल्लो फिल्म कबाली, काला र २.० मा पनि देखिएको थियो र अहिले जेलरमा पनि यही प्रवृत्ति देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);