सुन तस्करी प्रकरण छानविनको जिम्मेवारी राज्य व्यवस्था समितिलाई दिऊः रमेश लेखक | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८१, बुधवार

सुन तस्करी प्रकरण छानविनको जिम्मेवारी राज्य व्यवस्था समितिलाई दिऊः रमेश लेखक

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको छानविनको लागि निगरानी राख्ने जिम्मेवारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई दिनुपर्ने प्रस्ताव गर्नु भएको छ ।

सो सुन प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष एमालेको अडानमा सत्तापक्ष सहमत नभईरहेका बेला उहाँले यस्तो सुझाव दिनु भएको हो । मंगलबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक लेखकले राज्यका स्थायी निकायहरुलाई छानविन गर्न दिने तर त्यसमाथि पनि अनुसन्धान गर्न र आवश्यक निर्देशन दिन सक्नेगरी सो कामको जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिलाई दिन उपयुक्त हुने तर्क गर्नु भयो ।

उहाँले संसदीय समितिले सिआइवीलगायतका राज्यका निकायले सो प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन नसक्ने देखे सोही समितिलेनै अनुसन्धानका लागि अर्को छानविन समिति बनाउन सरकारलाई निर्देशन गर्न सक्ने व्यवस्था गर्दा हुने सुझाव समेत दिनु भयो ।

प्रमुख सचेतक लेखकले सो संसदीय समितिले सुन प्रकरणको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग समेत आवश्यक पर्दा समितिमै बोलाएर छलफल गर्न सक्ने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);