सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँः सांसद पौडेल | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँः सांसद पौडेल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले छानविन गरिरहेको भन्दै छानविन निष्कर्षमा नपुगुञ्जेल अर्को छानविन समिति आवश्यक नभएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन दिन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारले गरेको छानविनलाई निष्कर्षमा नपु¥याउँदै अर्को समिति बनाउँदा जारी छानविनमाथि नै प्रश्न उठ्ने उहाँले बताउनुभयो । उहाँले छानविन गर्ने सरकारी निकाय कुनै दल विशेषको नहुने भन्दै उनीहरुलाई आफ्नो काम गर्न दिनुपर्ने बताउनुभयो । उहाँले आफुहरु संसदीय छानविन समितिको विरोधी नभएको स्पष्ट पार्दै यस प्रकरणमा भने सरकारको छानविन जारी रहेकाले अर्को समिति आवश्यक नभएको उल्लेख गर्नुभयो । सांसद पौडेलले गृह प्रशासनले गरिरहेको छानविनको कामलाई सघाउन पनि आग्रह गर्नुभयो ।

उहाँले राज्यका निकायहरुले गरेको छानविनलाई सहजतापूर्वक लिनुपर्ने बताउनुभयो । त्यस्तै प्रतिपक्षी दलहरुलाई संसद नरोकेर आफ्नो भनाईहरु राख्न पनि उहाँको आग्रह छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);