गणेश भगवानले सबैको रक्षा गरुन्,हेरौं आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

गणेश भगवानले सबैको रक्षा गरुन्,हेरौं आजको राशिफल

काठमाडौं,२३ साउन । आज ८ अगस्ट २०२३ मंगलबार । सबै १२ राशिका लागि महत्वपूर्ण दिन रहनेछ। केही राशिका लागि आजको दिन निकै राम्रो रहनेछ । अर्कोतर्फ, केही राशिका व्यक्तिहरूले स्वास्थ्यमा उतारचढाव देख्नेछन्। आजको राशिफल पढ्नुहोस् र थाहा पाउनुहोस् तपाईको आजको दिन कस्तो रहनेछ ।

मेष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ, तपाईलाई केहि महत्वपूर्ण कामको लागि बाहिर जानु पर्न सक्छ। कार्यक्षेत्रमा कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार व्यावसायमा लाभ हुनेछ, आर्थिक अवस्था मजबुत रहनेछ । परिवारमा शुभ कार्यक्रम हुनेछ, स्वास्थ्य राम्रो रहनेछ।

वृष राशि
आज नयाँ कामको थालनी गर्न सकिनेछ, व्यापारमा साझेदारी लाभदायक हुनेछ। मान सम्मानमा बृद्धि हुनेछ, कुनै विशेष कामको लागि बाहिर जानु पर्नेछ। परिवारमा कसैको स्वास्थ्यको कारणले चिन्तित हुनुहुनेछ।

मिथुन राशि
आज तपाई कुनै विपत्तिमा फस्न सक्नुहुन्छ, व्यर्थको विवादमा नपर्नुहोस्। वाणीमा संयम राख्नुहोस्, व्यापारमा कुनै नयाँ कामको थालनी नगर्नुहोस्। आर्थिक जोखिम नलिनुहोस्। परिवारका सदस्यहरूसँग मतभेद बढ्न सक्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्।

कर्कट राशि
आज आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, खानपानमा नियन्त्रण गर्नुहोस्। अनावश्यक बहसबाट टाढा रहने प्रयास गर्नुहोस्। पैतृक सम्पत्तिका कारण घरपरिवारमा विवाद हुनसक्छ । कुनै पनि नयाँ काम होसियारीपूर्वक गर्नुहोस्, कसैलाई अत्याधिक विश्वास गर्दा हानि हुन सक्छ। सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोस्।

सिंह राशि
आज पुराना रोकिएका काम पुरा हुनाले मन प्रसन्न रहनेछ । कार्यस्थलमा प्रियजनको सहयोग प्राप्त हुनेछ। प्रशासनिक क्षेत्रमा काम गर्ने व्यक्तिले बढुवा पाउन सक्नेछन् । पत्नीको सहयोग मिल्नेछ, पुरानो साथीसँग भेटघाट हुनेछ । नयाँ कार्यको थालनीमा विशेष व्यक्तिको सहयोग प्राप्त हुनेछ ।

कन्या राशि
आज तपाईको स्वास्थ्य राम्रो रहनेछ, मन प्रसन्न रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ, लाभ मिल्नेछ । तपाईं ठूलो साझेदारीमा साझेदार हुन सक्नुहुन्छ। परिवारको सहयोग मिल्नेछ, परिवारमा शुभ कार्य हुनेछ।

तुला राशि

आज आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्, खानपानमा नियन्त्रण गर्नुहोस्। कतै बाहिर नजानुहोस्, कसैलाई ठूलो रकम ऋण नदिनुहोस्। व्यापारमा पुरानो सहयोगी साथीको कारणले घाटा बेहोर्नु पर्न सक्छ, वादविवादबाट टाढा रहनुहोस्।

वृश्चिक राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ। अत्याधिक कामका कारण मानसिक तथा शारीरिक थकान रहनेछ । कुनै कामको लागि लामो यात्रा गर्नु पर्ने हुनसक्छ। आज तपाईको नजिकको व्यक्तिको कारण विवादमा फस्न सक्छ, परिवारसँग मतभेद हुन सक्छ।

धनु राशि
आज धार्मिक यात्रा आदिमा जान सकिनेछ। आज तपाईको मन प्रसन्न रहनेछ, परिवारमा शुभ कार्य हुनेछ। मन अध्यात्मतर्फ आकर्षित हुनेछ। स्वास्थ्यमा केही उतारचढाव आउनेछ। व्यापारमा नयाँ काम हात लाग्नेछ, नयाँ गाडी वा घर आदि किन्न सकिनेछ।

मकर राशि
आज तपाई घुम्न जान सक्नुहुन्छ, आज तपाईले स्वास्थ्यमा राहत महसुस गर्नुहुनेछ। परिवारमा स्नेह र मायाको वातावरण रहनेछ, आज परिवारका सदस्यहरूसँग मिलेर नयाँ कामको थालनी गर्न सकिनेछ। व्यापारमा नयाँ काम मिल्नेछ, अपरिचित व्यक्तिलाई ठूलो रकम ऋण नदिनुहोस्।

कुम्भ राशि

आज तपाई आफ्नो स्वास्थ्यको बारेमा चिन्तित रहन सक्नुहुन्छ, जसका कारण तपाईको मन अशान्त रहनेछ। परिवारमा कसैबाट मनमुटाव हुनेछ। आज वादविवादमा नपर्नु राम्रो हुनेछ अन्यथा अपमानको सामना गर्नु पर्नेछ । व्यापार व्यवसायमा उतारचढाव आउनेछ । आज काममा बाधा आउनेछ ।

मीन राशि
आज अलि सजग रहनुहोला, सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । बहसबाट टाढा रहनुहोस्। परिवार वा समाजमा विशेष व्यक्तिसँग विवाद हुन सक्छ। घरमा शुभ कार्यको सम्भावना रहनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);