एजेन्सी,२१ साउन । बैंगलोरका १३ वर्षीय मोटरसाइकल सवार कोपरम श्रेयस हरिशको शनिबार रेसिङ च्याम्पियनसिपमा दुर्घटना हुँदा मृत्यु भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । श्रेयसले १० दिनअघि आफ्नो १३ औं जन्मदिन मनाएका थिए ।
MRF MMSC FMSCI भारतीय राष्ट्रिय मोटरसाइकल रेसिङ च्याम्पियनसिप चेन्नईको मद्रास इन्टरनेशनल सर्किटमा चलिरहेको छ। दुर्घटनापछि दौड आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
शनिबार बिहानै भएको यस दौडको छनोट प्रतियोगितामा श्रेयसले पहिलो स्थान हासिल गरेका थिए । दौडको पहिलो पालो पार गर्ने क्रममा श्रेयसले आफ्नो बाइक नियन्त्रण गर्न नसकेर दुर्घटनामा परेका थिए ।
उनलाई तत्कालै ट्र्याकमा रहेको एम्बुलेन्समा नजिकैको अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। बैंगलोरको केनाश्री स्कूलका विद्यार्थी श्रेयसको जन्म जुलाई २६, २०१० मा भएको थियो। उनले राष्ट्रिय स्तरका धेरै दौड जितेका थिए ।
चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समय अनुसार आइतबार दिउँसो २ः३३ बजे शान्डोङ प्रान्तको पिङयुआन काउन्टी, देझाउ शहरमा ५.५ म्याग्नीच्युडको भूकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) को रिपोर्ट अनुसार भूकम्पका कारण कम्तीमा १० जना घाइते भएका छन् भने कैयौँ भवनहरू भत्किएका छन् । भूकम्पको केन्द्रबिन्दु शानडोङ प्रान्तको डेझोउ सहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।