एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज समापन हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज समापन हुँदै

काठमाडौं, २१ साउन । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

बैठक केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बोलाइएको छ । आज पनि बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।

शनिबार मात्र करिब १८ जनाले आफ्ना धारणा राखेका थिए । आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने जनाइएको छ ।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);