कलाकारिता क्षेत्र राष्ट्रको क्षेत्र हो, संरक्षण गर्नुपर्छः कांग्रेस नेता सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

कलाकारिता क्षेत्र राष्ट्रको क्षेत्र हो, संरक्षण गर्नुपर्छः कांग्रेस नेता सापकोटा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत सापकोटाले कलाकारिता क्षेत्र राष्ट्रको क्षेत्र भएको बताउनु भएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कलाकारिता क्षेत्रलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको हो ।

राष्ट्रको पहिचान संस्कृति क्षेत्रबाट नै हुने भएकोले यो क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । सापकोटाले आजका बालबालिका भोलिका सम्पती भएको भन्दै बालबालिकाको क्षमता विकास गरी प्रतिभा प्रस्फुटन गरे राष्ट्रको लागी टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी पूर्व उपराष्ट्रपति प्रमानन्द झा रहनुभएको थियो भने सापकोटाको विशिष्ठ अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);