न्यौपानेको प्रश्न : ज्यालादारी मजदुर दिलिपको नाममा कम्पनी दर्ता गर्न कसले लगायो ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

न्यौपानेको प्रश्न : ज्यालादारी मजदुर दिलिपको नाममा कम्पनी दर्ता गर्न कसले लगायो ?

काठमाडौं,१९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की नेतृ भगवती न्यौपानेले करिब क्विन्टल सुनको छानबिन गर्न उच्च स्तरीय समिति बनाउनुपर्ने बताएकी छिन् । सुन तस्करीसँग सरकारको सम्बन्ध छ भन्ने दर्जनौं तथ्यले पुष्टि गरिरहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभा सदस्य न्यौपानेले लेखेकी छिन्,“११ महिनामा २२ हजार किलो भन्दा बढी शंकास्पद सामान भित्रिएको कुरा छापामा पढियो । त्यसमध्ये १५ हजार किलो त सुन नै रहेको भन्ने समाचार छ । सरकारको संलग्नता यस्तो कार्य सम्भव हुन सक्दैन । त्यसैले सरकारले गर्ने छानबिनबाट आफैलाई दोषी करार गर्ने निर्णय गर्ला भन्ने विश्वास गर्न सकिदैन् । यसकारण पनि निश्पक्ष छानबिनका लागि उच्च स्तरीय छानबिन समिति चाहिन्छ ।”

सुन तस्करमा संलग्न भनिएका तिब्बती मुलका दावा छिरिङ शेर्पालाइ ०७४ पौष २० गते सरकारको ठाडो आदेशमा काभ्रेबाट नेपाली नागरिकता दिलाएको स्मरण गराउँदै न्यौपानेले त्यतिबेला सरकारको नेतृत्व गर्ने व्यक्ति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधी भएको टिप्पणी गरेकी छिन् ।

माओवादी केन्द्र पनि सरकारमा रहेको मौका छोपेर दावाले नेपालबाटै राहदानी लिएको उनको दाबी छ । सरकारले गर्ने छानबिनमा निष्पक्ष नहुने भन्दै नेतृ न्यौपानलेले लेखेकी छिन्,“वर्तमान सरकारले त्यो बेलाको सरकारलाई दोषी करार गर्ने आँट गर्न सक्ला ? किमार्थ सक्दैन । त्यसैले चाहियो उच्च स्तरीय छानबिन समिति ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);