सुन तस्करी काण्डमा शंकाको सुई गृहमन्त्रीतिर तेर्सियो : विष्णु रिमाल | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

सुन तस्करी काण्डमा शंकाको सुई गृहमन्त्रीतिर तेर्सियो : विष्णु रिमाल

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता विष्णु रिमालले सुन तस्करी काण्डमा शंकाको सुई गृहमन्त्रीतिर पनि तेर्सिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता रिमालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘गृहप्रशासनको प्रमुख हुनुहुन्छ । के बहालवाला कार्यकारीबिरूद्ध छानबीन गर्ने स्वायत्तताको हाम्रो प्रहरी प्रशासनले उपभोग गरिरहेको छ? जवाफ त चाहियो नि?’ । सुन तस्करी काण्डमा उच्चस्तरीय समिति बनाएर छानबीन गर्न आबस्यक नभएको भन्ने सरकारी “निष्कर्ष”को अर्थ के हो भन्दै रिमालले प्रश्न गरेका छन् ।

‘यस काण्डमा एयरपोर्टमा क्रियाशील गृह र अर्थ प्रशासन बेखबर रहनु, हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगत रहेको राजस्व अनुसन्धान बिभागले तस्करीको पहिचान गर्नु, अनुसन्धान कछुवा गतिमा रहनु ‘यसले के संकेत गर्छ ?’–उनले लेखेका छन् ।

यस काण्डमा सत्ताधारी दलका मन्त्री र माथिल्लो तहका नेताहरूका नाम चर्चामा रहेको समेत उनको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);