कम्बोडियामा चीनको बीआरई परियोजना, तेस्रो चक्रपथको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कम्बोडियामा चीनको बीआरई परियोजना, तेस्रो चक्रपथको उद्घाटन

काठमाडौं, १९ साउन । कम्बोडियाको नोमपेन्हमा बिहीवार तेस्रो चक्रपथको उद्घाटन भएको छ ।

चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकको सहुलियत ऋणमा निर्माण गरिएको चक्रपथ राजधानी नोमपेन्हको केही भागलाई घेरेर बनाइएको हो । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेन र कम्बोडियाका लागि चिनियाँ राजदुत वाङ वेन्टियनले कान्डल प्रान्तको केन स्वे जिल्लामा चक्रपथको उद्घाटन गर्नुभएको थियो । सांघाई कन्स्ट्रक्शन ग्रुपले ५२ महिनाको अवधिमा दुईवटा नदी पुल र दुईवटा फ्लाईओभरसहित ५३ किलोमिटर सडक निर्माण गरेको हो ।

प्रत्येक दिशामा ट्राफिकका लागि दुई लेनको साथ तेस्रो चक्रपथ दक्षिणपश्चिम नोम पेन्हको विन–विन बुलेभार्ड राउण्ड अबाउटबाट राजधानीको पूर्वमा कान्डल प्रान्तको राष्ट्रिय सडकसम्म फैलिएको छ । हुन सेनले यो सडक बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को रूपरेखा अन्तर्गत कम्बोडिया र चीन र साझा भविष्यका समुदायबीचको फलदायी सहयोगको अर्को प्रमाण भएको बताउनुभएको छ । कम्बोडियाको ठूला भौतिक संरचनाको विकास निर्माणमा चीनले ठूलो धनराशी खर्च गरिरहेको छ । हालैका वर्षहरूमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले गति लिइरहेको छ र दक्षिणपूर्वी एशियाली क्षेत्रका केही आसियान देशहरूले यसमा सहभागी हुन चासो देखाएका छन् । बीआरआई एशिया, युरोप, अफ्रिका र बाहिरका देशहरूमा कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धि गर्न चीनद्वारा शुरु गरिएको विशाल पूर्वाधार र विकास परियोजना हो ।

यसले यातायात सञ्जाल, व्यापार मार्ग, ऊर्जा पूर्वाधार, अन्य परियोजनाहरूमा सुधार गर्ने लक्ष्य राखेको छ । ऋणको दिगोपन, पारदर्शिता र भूराजनीतिक प्रभावहरूको बारेमा भइरहेको आलोचनाको बावजुद, धेरै आशियान राष्ट्रहरूले बीआरआईलाई विकास र आर्थिक वृद्धिको अवसरको रूपमा हेर्ने गरेको पाइन्छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);