दराज एपमा अब ‘आस्क दराज’ च्याटबट सुविधा | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

दराज एपमा अब ‘आस्क दराज’ च्याटबट सुविधा

काठमाडौं, १८ साउन । नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दराजले एआईद्वारा सञ्चालित च्याटबट ‘आस्क दराज’ सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै सपिङ अनुभवलाई सरल बनाउन दराजले माइक्रोसफ्ट एजुरे ओपन एआई सेवाको पछिल्लो संघटनको घोषणा गरेको हो ।

ओपन एआईको च्याटबट च्याट जीपीटीद्वारा संचालित आस्क दराजले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउने कम्पनीको दाबी छ ।
आस्क दराजले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ । यसबाट ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरु पाउनेछन् ।

दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि आस्क दराजबाट लाभ उठाउन सक्छन् । आस्क दराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्याउन गर्न मद्दत गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);