काठमाडौं,१८ साउन । प्रधानन्यायाशीधसहित रिक्त रहेका संवैधानिक अंगमा सिफारिसबारे छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।
बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो ।
प्रधानन्यायाधिश हरिकृष्ण कार्कीकोसाउन २० गतेदेखि पदावधि सकिँदै छ। तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन।
आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना देखिएको छ ।