काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक आजदेखि २१ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चल्ने बताइएको छ ।
यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरेको भएपनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने भएको हो । पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग अनुसार यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइने जनाइएको छ ।
यसपटक माओवादी केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ ।