१० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

१० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने

staff

काठमाडौं, २९ पुष । निजामती कर्मचारीलाई स्वैच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ ।

सरकारले स्वैच्छिक अवकाशको तयारी गरे पछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए ।

निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आकलन गरिएको छ ।
सरकारी सेवामा ५० बर्ष उमेर पुगेका र २० बर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);