नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत

काठमाडौं, १६ साउन । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने भएको छ ।

दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि सरकारमा जान सहमत भएको हो ।

आजको सहमतिपछि नाउपालाई दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको बताइएको छ । अब केही समस्या नआए आगामी बिहीबार सुदुरपश्चिम सरकारले पूर्णता पाउनेछ ।

नाउपाले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो ।

गत साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । नाउपाको आन्तरिक विवाद मिलाउन नसकेपछि शपथ रोकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);