डेंगु सङ्क्रमितको संख्या बढ्दै,कोशीमा सबैभन्दा धेरै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

डेंगु सङ्क्रमितको संख्या बढ्दै,कोशीमा सबैभन्दा धेरै

dengu

काठमाडौं, १६ साउन । पछिल्लो समय डेंगु सङ्क्रमितको संख्या बढ्न थालेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट एक हजार २४ जना डेंगु सङ्क्रमित थपिएका छन् ।

सबैभन्दा बढी बागमती प्रदेशमा २९१, सुदूरपश्चिम प्रदेश १७३, गण्डकी प्रदेशमा १७१, कोशी प्रदेशमा १५४, लुम्बिनी प्रदेशमा ११३, त्यसैगरी कर्णालीमा १६ र मधेश प्रदेशमा १४ रहेका छन् । हालसम्म सुनसरी जिल्लामा तीन जना डेंगु सङ्क्रमितको मृत्यु छ । योसँगै ७० जिल्लामा पाँच हजार ६ सय ८८ जनामा डेंगु पुष्टि भएको छ ।

रोग नियन्त्रण महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा तीन हजार ८२१ जनामा डेंगु देखिएको छ । सुनसरी जिल्लामा सबै भन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् ।

सुनसरीमा तीन हजार ४४८ जनामा डेंगु देखिएको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);