संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीश सिफारिस गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीश सिफारिस गर्ने

काठमाडौं, १६ साउन । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।

आगामी साउन २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरिसकेको छ।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);