काठमाडौं, १५ साउन । प्रमुख सत्ताघटक दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
केन्द्रले आगामी साउन १७ गतेदेखि बस्ने बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने भएको हो ।
आज बसेको पदाधिकारी बैठकले केन्द्रीय बैठक पुर्णतया लाइभ गर्ने निर्णय गरेको ककस्रोतले जनाएको छ ।
बैठक लाइभ गर्दा समाचार मात्र नभई आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि बैठकबारे जानकारी पाउन सहज हुने पार्टीको विश्वास छ ।
नेपाली कांग्रेसले यसपटकको केन्द्रीय समितिको बैठक पनि प्रत्यक्ष प्रसारण गरेर आम जनतालाई सूचना तथा जानकारी दिएको थियो ।




