गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छः वनमन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छः वनमन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले बाघको संख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले सहयोग गर्नुपर्ने बताउनु भएको हो । विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संख्या बढाउने काममा नेपालले विश्वमाझ नै प्रशंशा पाएपनि त्यसको संरक्षण कार्य चुनौतिको रुपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने उहाँले बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरुलाई बासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरुले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने तर्क गर्नुभयो । नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गैर सरकारी संस्थाहरुले नेपालको आवश्यकताअनुसार लगानी गर्ने काम गर्नुपर्ने पनि बताउनु भयो ।

मन्त्री महतोले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय समूदाय सामू नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने प्रतिवद्धता गरे अनुरुप गत वर्ष बाघको संख्या ३५५ पु¥याई सो प्रतिवद्धता पूरा गरिसकेको छ । हामीले गरेको वन्यजन्तुको संरक्षण कार्य अन्तराष्ट्रिय स्तरमै प्रशंशनीय बनेको विषय छ । हामी अहिले बाघ संरक्षणको र बाघको संख्या बढाउने क्रममा दिनरात यसमा खटिरहनुभएका नेपाल सरकारका कर्मचारीहरु, प्रहरी, सेना लगायतका जवानहरुलाई पनि यसमा धन्यवाद दिन चाहन्छु । हामीसँग अहिले एकातिर बाघलाई दोब्बर बनाउन अन्तर्राष्ट्रिय स्तरमा हामी एउटा बाघको माध्यामबाट देशलाई चिनाउने, गौरव गर्ने एउटा पाटो छ भने अर्कोतिर त्यसलाई संरक्षण गर्नुपर्ने त्यत्तिकै ठूलो चुनौति हामीसँग छ । अहिले एउटा ठूलो वहस चलेको छ । मानिसको जीवन ठूलो कि जनावरको जीवन ठूलो भनेर । किन भन्दाखेरी हरेक वर्ष बाघबाट होस्, हात्तिबाट होस् । र, अन्य जन्तुबाट होस् । तर नेपालमा यसबाट मानिसहरुको मृत्यु हुने क्रम बढिरहेको छ । अव त्यसलाई रोक्न लागि हामी कसरी व्यवस्थापन गर्न सकिन्छ ? यहाँ हाम्रो पार्टनरहरु छन । जसले हरेक दिन, रात नेपालमा बसेर तपाई हाम्रो जनावरको बारेमा सोच्ने, काउन्टिङ गर्ने, त्यसको बारेमा लेख्ने, बोल्ने, प्रचारप्रसार गर्ने, चासो राख्ने ती निकायहरुले हामीलाई अव यो संरक्षणमा सहयोग गर्नुप¥यो । बाघ बढदै जान्छ । त्यसलाई धान्ने क्षेत्रफल नभएपछि त्यो बस्ती खानका लागि पस्न सक्छ ।’

कार्यक्रममा बाघ संरक्षण, व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्ने कामलाई अघि बढाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रवक्ता अजय कार्कीले जानकारी दिनुभएको थियो । नेपालमा तराईका ५ वटा निकुञ्जहरु र त्यस वरपरका वन क्षेत्रमा बाघ पाईन्छ । सन् २०२२ को तथ्यांक अनुसार नेपालमा हाल ३५५ वटा बाघ छन् । नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाएर अन्तर्राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);