सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकारहरुसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताउनुभएको हो । उहाँले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताउनु भयो ।

सरकारले आफूहरुसँग सल्लाह गरेरै गरेको भएपनि आफूहरु तयार हुने भन्दै उहाँले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताउनु भयो । उहाँले पुँजिगत खर्चमा भ्याट लाउनु व्यवहारिक नभएको पनि बताउनु भयो । उहाँले जहाजको इन्जिन लगायतका सामग्रीहरुमा भ्याट कम लाग्दा सहज रुपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताउनु भयो । पैसाको कारण आवश्यक सामग्रीहरुमा सम्झौता गर्ने अवस्था बनेमा हवाइ सुरक्षामा समेत चुनौति थपिने उहाँको भनाई छ ।

उहाँले आफूहरु पनि विभिन्न सेवाका लागि भ्याटको तयारी गरिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);