दिल्ली–मुम्बईको फ्लाइटमा यौन दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

दिल्ली–मुम्बईको फ्लाइटमा यौन दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ

मुम्बई, १२ साउन । दिल्ली–मुम्बईको फ्लाइटमा महिला डाक्टरलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय प्राध्यापकलाई पक्राउ गरेको छ । यो घटना बुधबारको हो।

गत बुधबार दिल्ली–मुम्बईको फ्लाइटमा एक महिला डाक्टरलाई प्रोफेसरले दुर्व्यवहार गरेका थिए । २४ वर्षीय पीडित युवती र ४७ वर्षीय अभियुक्त विमानमा एकअर्काको छेउमा बसिरहेका बेला प्राध्यापकले अभद्र व्यवहार गरेको आरोप छ । अभियुक्तले उनलाई अनुचित ढंगले छोएका युवतीको आरोप छ ।

पुरुषले छोएपछि दुई यात्रुबीच झगडा भयो र त्यसपछि पीडितले विमान चालक दललाई जानकारी गराएका थिए । विमानका चालक दलले यस विषयमा हस्तक्षेप गरे। विमान मुम्बई एयरपोर्टमा अवतरण गरेपछि सहर प्रहरी चौकी गएको उनले बताए ।

पीडितको उजुरीका आधारमा प्राध्यापकविरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ता गरी पक्राउ गरिएको प्रहरी अधिकारीले जानकारी दिए । आरोपितलाई अदालतमा हाजिर गरिएको थियो जहाँबाट उनले धरौटी पाएको बताए । हाल उक्त मुद्दाको अनुसन्धान भईरहेको छ । अदालतले अभियुक्तलाई धरौटीमा रिहा गरेको छ, मुद्दामा अनुसन्धान जारी छ

Leave a Reply