दार्चुला–तिंकर सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको आलु कुहिदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

दार्चुला–तिंकर सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको आलु कुहिदै

दार्चुला । व्याँस गाउँपालिकालाई सदरमुकाम खलंगा संग जोड्ने एकमात्र निर्माणाधिन दार्चुला टिंकर सडक अवरुद्ध हुँदा व्यांस गा पा मा उत्पादन भएको आलु कुहिन थालेको छ ।

दार्चुला टिंकर सडकको दुहुँ गा पा–३ तिमुरपाटा र वडा नम्बर ५ को गरमोरा , व्याँस गा पा –६ तङलेभिर लगायत को ठाउँमा सडक माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएका कारण व्यांस गा पा मा उत्पादन भएको आलु किसान को घर मै कुहिन थालेको हो ।

व्यांस गा पा को कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएका कृषि उत्पादनहरु खेतबारीमा कुहिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजहरुको उचित बजार ब्यबस्थापन तथा ढुवानीमा समेत ध्यान दिनु पर्ने पर्ने देखिएको छ ।

महाकाली कोरिडोर योजनाले सडक सञ्चालनका विषयमा गत असार २५ गते नै स्थानीय तहहरुलाई आफ्नो क्षेत्रमा पर्ने सडक अवरुद्ध भए सञ्चालनमा ल्याउन पत्राचार गरेको छ ।

ठेक्का सम्झौता भई काम चलिरहेको ठाउँमा सडक अवरुद्ध भए सम्वन्धित ठेकेदार कम्पनिले र बाकी क्षेत्रमा स्थानीय सरकारको क्षेत्राधिकार भित्रको सडकमा स्थानीय सरकारले नै सडक संचालन गर्न सहजिकरण गर्न भनि दार्चुला टिंकर सडक आयोजना ले व्यांस गा पा लाइ पत्राचार गरेको व्यांस गा पा अध्यक्ष मंगल सिंह धामी ले जानकारी दिएका छन्।

तत्काल सडक खुलाएर कृषि उत्पादनलाई बजारसम्म पुर्याउन पहल गरिदिन स्थानीयले गाउँपालिकासंग अनुरोध छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले समेत सडक योजना कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाहरुलाई अवरुद्ध सडक सञ्चालनमा ल्याइदिन अनुरोध गरेपनि अहिलेसम्म सडक खुलाउने काम हुन सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);