आज यी ४ प्रदेशमा भारी वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

आज यी ४ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, ११ साउन । हाल मनसुनी वायुको पनि बंगालको खाडीको उत्तर–पश्चिम र आसपासको न्यून चापीय क्षेत्रको भाग प्रभाव छ । मनसुनको न्यून चापीय रेखा (मनसुन ट्रफको अक्ष) सरदर स्थानको दक्षिणतिर भाग छ।

देशभर सामान्य बदली रहेको छ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वाग्मती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply