काठमाडौँ,१० साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बिहान ८ बजेदेखि जारी बैठक आजै पुनः बस्नेगरी सकिएको छ । बैठक बेलुका ४ बजे पुनः बोलाइएको हो ।
पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो ।
माओवादीको आगामी साउन १७ गते केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकका एजेण्डाबारे आजको पदाधिकारी बैठकमा छलफल हुने विशेष स्रोतले जनाएको छ । बैठक तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने जनाइएको छ ।