काठमाडौँ, १० साउन । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरीस डाँडामा जारी छ ।
पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको हो ।
माओवादीको आगामी साउन १७ गते केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकका एजेण्डाबारे आजको पदाधिकारी बैठकमा छलफल हुने विशेष स्रोतले जनाएको छ । बैठक तीन दिनसम्म म्म प्रज्ञा भवनमा बस्ने जनाइएको छ ।