काठमाडौं, १० साउन । कोरिया रिटर्नीहरुले आफूहरुलाई तुरुन्त रोजगारकालागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् । उनीहरुले ईपिएसको नयाँभाषा परीक्षा रोकेर आफूहरुलाई रोजगारकालागि पठाउन माग गरेका हुन् । उनीहरुले सरकारले कोरिया रिर्टनीहरुलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए ।
कोरिया रिर्टनीका संयोजकनविनकुमार राईले अहिले खुलाईएको भाषा परीक्षातत्कालबन्द गरेर रिटर्नीहरुलाई पठाउनुपर्ने बताए । आफूहरुले पहिलाकाम गरेको कम्पनीमाफाईल पठाउनका लागि पटक–पटक आग्रहगर्दापनि सम्बन्धित निकायबाट सुुनुवाई नभएको उनको गुनासो छ । ‘रिर्टनीहरुकालागिपहिलाको कम्पनीमाहाम्रो फाईल पठाइयोस् भनेर हामीले माग राखेका छौं । परीक्षाखुलाएको छ, यो परीक्षाखुलाएको नोटिस तुरुन्त हटाइयोस्,’–उनले भने ।
उनले नयाँभाषा परीक्षाको लागिखुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियनदूतावास घेर्नेसमेत चेतावनीदिए । ‘उक्त सूचना नहटाएको खण्डमा हामीले गर्नुपर्ने आन्दोलन एचआरडी नेपालमा घेर्नुपर्ने, वैदेशिक रोजगार विभाग घेर्नुपर्ने वा कोरियन एमवेसीलाई घेर्नुपर्ने हामी गर्छौं । हामी छोड्दैनौं । किनभने हाम्रो भविष्यमाथि खेलबाडगरिएको छ ,’– संयोजक राईले भने ।
उनकाअनुसार अहिले कोरियाबाट फर्किएर जानकालागिपखाईमा रहेकाहरुको संख्या चार हजार पाँच सयभन्दा बढि छ । भाषा परीक्षमा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरु पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहेपनिआफूहरुलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनीहरुले आपत्तिजनाए ।
कोरिया रिटर्नी टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरुलाई विभेद गरिएको बताए । आफूहरु एक कार्यकालकोरिया बसेर नेपाल आएपछि नयाँ समूहसँगै फेरि पनिभाषा परीक्षापास गरेपनि रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनले आपत्तिजनाए । अहिले ९८ प्रतिशतनयाँलाई पठाएर २ प्रतिशतमात्रै रिटर्नीहरुलाई समावेश गरिएको थापाको भनाई छ ।
‘कोरिया भाषापास गरिसकेपछि रोस्टरमा बस्ने हो । रोस्टरमादुई हजार मान्छे हुँदाहुँदैकिननयाँभाषा परीक्षाफर्म खोलियो ?अहिले नेपाल सरकारको मातहतमा र कोरियाको एचआरडी मातहतमासिविजीभन्ने कोरिया रिर्टनीहरुकालागिभाषा परीक्षाफर्म खोलिएको छ । त्यो फर्मकिनखोलिएको हो ?हामीयहाँपास भएर बसेकै छौं । यो विषयमा नेपाल सरकारले गम्भीर रुपमालिईदिनु पर्यो,’– उनले भने ।
पत्रकार सम्मेलनमाकोरिया रिटर्नीहरुनिर्मल राणा मगर, नारायण प्रसाद भुसाल, विनोद शाक्यलगायतले राज्यले नयाँ र रिटर्नीहरुबीचविभेद गरेको बताए । युवाहरुको भविष्यमाथि खेलबाड नगर्न उनीहरुले सरोकारवालाको ध्यानाकार्षण गराए ।