पाथिभरा माताले सबैको रक्षा गरुन्,हेर्नुहोस् आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

पाथिभरा माताले सबैको रक्षा गरुन्,हेर्नुहोस् आजको राशिफल

काठमाडौं, १० साउन । आज २६ जुलाई २०२३, बुधबार । आजको दिन सबै १२ राशिका लागि महत्वपूर्ण रहने छ । केही राशिका लागि आजको दिन निकै राम्रो रहनेछ । केही राशिका व्यक्तिहरूले व्यापारमा उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। आजको राशिफल पढ्नुहोस् र थाहा पाउनुहोस् तपाईको आजको दिन कस्तो रहनेछ ।

मेष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। धेरै दिनदेखि चलिरहेको स्वास्थ्य समस्याबाट राहत महसुस गर्नुहुनेछ। मन प्रसन्न रहनेछ। आज कुनै नयाँ ठूला कामको थालनी गर्न सकिनेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ, परिवारको पूर्ण सहयोग मिल्नेछ।

वृष राशि
आजको दिन तपाईका लागि उतारचढावको दिन रहनेछ। बोलीमा संयम राख्नुहोस । चिनजानका साथ वादविवाद हुनसक्छ । व्यापार–व्यवसायमा पार्टनरबाट धोका हुनसक्छ । परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ।

मिथुन राशि
आज तपाईं वादविवादमा फस्न सक्नुहुन्छ। पारिवारिक कलहबाट टाढा रहनुहोस्। व्यवसायमा पार्टनरसँग वैचारिक मतभेद हुन सक्छ। व्यापारमा ठूलो जोखिम नलिनुहोस्, प्रियजनको स्नेह मिल्नेछ। आज नयाँ काम सुरु नगर्नुहोस्।

कर्कट राशि
आज काममा ठूलो जोखिम नलिनुहोस्। साझेदारीमा कुनै नयाँ कामको बारेमा सावधानीपूर्वक सोच्नुहोस्। व्यापारमा घाटा हुन सक्छ । वाणीमा संयम राख्नुहोस्, वादविवादबाट टाढा रहनुहोस्। पत्नीको स्वास्थ्यमा चिन्तित रहनेछ ।

सिंह राशि
आजको दिन अद्भुत रहनेछ। पारिवारिक समाजमा मान–सम्मानमा वृद्धि हुनेछ। परिचित व्यक्तिसँग भेटघाट गर्नुपर्नेछ। व्यापार–व्यवसायमा कुनै महत्वपूर्ण निर्णय लिन सकिनेछ । कार्यक्षेत्रमा ठूलो लगानी गर्न सकिनेछ, प्रतिद्वन्द्वीसँग सजग रहनुहोला ।

कन्या राशि
आज तपाईको मन अशान्त रहनेछ। व्यवसायमा आफ्नो सहयोगी साझेदारबाट धोका पाउन सक्नुहुन्छ। आज व्यापार आदिमा कुनै ठूलो लेनदेन नगर्नुहोस् अन्यथा घाटा बेहोर्नु पर्नेछ। यदि तपाईं यात्रा आदिमा जानुहुन्छ भने, आफ्नो वाहन आदि सावधानीपूर्वक चलाउनुहोस्।

तुला राशि
आजको दिन शुभ रहनेछ। नयाँ वस्तु खरिद गर्न सकिनेछ । आज तपाईको स्वास्थ्यमा सुधार आउनेछ। परिवार तथा समाजमा मान सम्मान बढ्नेछ । व्यापारमा नयाँ साझेदारीका साथ कुनै ठूला कामको थालनी गर्न सकिनेछ, परिवारमा शुभकार्यको आयोजना हुनेछ ।

वृश्चिक राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ, अत्यधिक कामका कारण चिडचिडापन स्वभावमा रहनेछ। व्यापारमा आफ्नै मान्छेको कारणले ठूलो घाटा बेहोर्नु पर्नेछ। बोलीमा संयम राख्नुहोला, अदालतमा घाटा बेहोर्नु पर्नेछ ।

धनु राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। रोकिएका काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। पुरानो साथीसँग भेटघाट हुनेछ, नयाँ कामको थालनी गर्न सकिनेछ। परिवारमा कुनै पनि वैवाहिक सम्बन्ध तय गर्न सकिन्छ। पत्नीको साथ र माया मिल्नेछ।

मकर राशि
आज तपाईको मन प्रशन्न रहनेछ, आज तपाई आफ्नो प्रियजनलाई भेट्न सक्नुहुन्छ। व्यापार–व्यवसायमा नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । परिवारमा मान सम्मान बढ्नेछ। विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ । पत्नीसँगको मनमुटाव समाप्त हुनेछ, धार्मिक यात्रामा जान सकिनेछ।

कुम्भ राशि
आज तपाई आफ्नो स्वास्थ्यको बारेमा चिन्तित रहन सक्नुहुन्छ, जसका कारण तपाईको मन अशान्त रहनेछ। परिवारमा कसैबाट मनमुटाव हुनेछ। आज वादविवादमा नपर्नु राम्रो हुनेछ अन्यथा अपमानको सामना गर्नु पर्नेछ । व्यापार व्यवसायमा उतारचढाव आउनेछ । आज काममा बाधा आउनेछ ।

मीन राशि
आज अलि सजग रहनुहोला, सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । बहसबाट टाढा रहनुहोस्। परिवारमा विशेष व्यक्तिसँग विवाद हुन सक्छ। घरमा शुभ कार्यको सम्भावना छ, स्वास्थ्यको ख्याल गर्नु होला।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);