उच्च तहका नेताहरुको सम्पती छानबिन हुनैपर्छः उपसभापति गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

उच्च तहका नेताहरुको सम्पती छानबिन हुनैपर्छः उपसभापति गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फरक काँग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न सरकारस्ँग आग्रह गर्नुपर्ने बताउनुभएको हो । उहाँले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले उच्च तहका नेताको सम्पती अब चाँडै नै छानबिन हुने बताउनु भयो । उपसभाति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताउनु भयो । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताउनु भयो ।

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताउनु भयो । उहाँले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोईरालालाई पार्टीको सभापति बनाउने उद्घोष गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);