काठमाडौँ, ९ साउन । नेपालमा पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । ६९ जिल्लामा ४ हजार २८९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हालसम्म सुनसरी जिल्लाबाट ३ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ भने कोशी प्रदेशमा सबैभन्दा संक्रमितको संख्या बढी छ । सोही प्रदेशमा २ हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ ।
विभागको अनुसार बाग्मती प्रदेशमा ६६७, सुदूरपश्चिम प्रदेशमा ३१६, गण्डकी प्रदेशमा ३४४, लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमित मध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लाबाट ३ हजार ६७१ जनामा डेङगु पुष्टि भएको छ ।
डेगुं संक्रमण हुन नदिन झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, झ्याल ढोकामा जाली हाल्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने, पानी जम्न नदिने लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।