प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

काठमाडौं, ९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको हो ।

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनकी बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।
उनीहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

बङ्गलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही महत्त्वपूर्ण जलविद्युत आयोजनामा समेत बङ्गलादेशले लगानी गर्ने तयारी गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);