त्रिदेशीय भ्रमणका लागि माधव नेपाल इन्डोनेसिया प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

त्रिदेशीय भ्रमणका लागि माधव नेपाल इन्डोनेसिया प्रस्थान

काठमाडौँ, ८ साउन । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति त्रिभुवन विमानस्थलबाट इन्डोनेसिया प्रस्थान गरेका हुन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति १२ बजे नेपाल उता लागेका हुन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने बताइएको छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपालले उपाध्यक्ष राजेन्द्र पाण्डेलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);