काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकको आज बसेको संचालक समितिको बैठकले चालु आ.व.(२०८०/८१) को मौद्रिक नीति पारित गरेको छ ।
मौद्रिक नीतिको सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा कार्यक्रम आयोजना गरेको छ । केही बेरमै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ ।
मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।