काठमाडौं, ७ साउन । गए राति सीमावर्ती क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ ।
नेपाल–भारत सीमा क्षेत्र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
गए्राति करिब साढे ८ बजे तिर मोटर्साइकलमा सवार २ जना अज्ञात व्यत्तिहरुले महिलामाथि गोली हानी हत्या गरेका थिए ।
धनुषा प्रहरीका अनुसार गोली हानेर उनीहरु भारततर्फ भागेका थिए । ती महिलन नेपाली हुन वा भारतीय खुल्न सकेको छैन् ।