सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मकः मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मकः मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मक रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हीत संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भइ देशभर छरिएर रहेका व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको यस संघले व्यवसायीको हक हीत संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ । नेपाल सरकारले पनि यस व्यवसयाको प्रवद्र्धनका लागि सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सुनचाँदी व्यवसयालाई व्यवस्थित गर्नेकुरामा सरकारले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सुनचाँदीमा लगाइएको २ प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने बताउनु भयो । सुनचाँदी जस्तो अति आवश्यक व्यवसायमा अतिरिक्त कर नलगाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारको माग घटाइएको बताउनु भयो । उहाँले बजारमा सुकेको व्यापार र घटेको बजार रहेको बताउनु भयो । उहाँले आयात बढेको, निर्यात घटेकाले व्यापार घाटा चुलिएर गइरहेको बताउनु भयो । उहाँले सरकारी खर्च झनै बढ्दै जाँदा राजश्व पनि क्रमशः घटिरहेको बताउनु भयो । उहाँले बैंकिङ क्षेत्रमा रकम थुप्रिएको भएपनि लगानीको अवस्था नरहेको जिकिर गर्नुभयो । प्रताडित रहेको निजी क्षेत्रलाई कसले सम्हाल्ने भन्ने चिन्ता हुँदै आएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);