काठमाडौँ, ५ साउन । हालसम्मकै धेरै परिमाणको बरामद भएको सुनबारे छानबिन गर्न भन्सार विभागले दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । विभागले विमानस्थल भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको हो ।
क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले बिहीबार छानबिन समिति समेत बनाएको छ ।
छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको छ ।