यी स्थानमा भोलि बिजुली आपुर्ति बन्द हुने (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

यी स्थानमा भोलि बिजुली आपुर्ति बन्द हुने (सूचनासहित)

काठमाडौं, ५ साउन । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भोलि बन्द हुने भएको छ । ललितपुर र काठमाडौंका केही स्थानहरुमा साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म बागमती फिडर अन्तर्गत सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने जानकारी दिएको छ ।
सूचनाअनुुसार पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुंगा क्षेत्र र चमती फिडर अन्तर्गत ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भु, चमती, किमडोल र बारुद खाना क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

नेपाल विद्युत प्राधिकरणको अनुसार कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली आपूर्ति बन्द हुने छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);