कांग्रेस केन्द्रीय सदस्यहरुलाई नेताको गुलामी गरेर मन्तब्य नराख्न श्रेष्ठको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

कांग्रेस केन्द्रीय सदस्यहरुलाई नेताको गुलामी गरेर मन्तब्य नराख्न श्रेष्ठको सुझाव

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता सानुकान्छा श्रेष्ठले कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले नेताको गुलामी गरेर मन्तब्य नराख्न सुझाव दिएका छन् । बाग्मती कांग्रेस कानुन तथा मामिला विभाग प्रमुख समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टीका केन्द्रीय सदस्यहरुलाई यस्तो सुझाव दिएका हुन् ।

उनले लेखेका छन्,‘सामाजिक नेतामुखि गुलामी भएर आफ्नो मन्तब्य नदिनु उचित हुनेछ । पार्टी बलियो बनाउन, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कांग्रेसको भुमिका र अन्य दललाई पनि हिजोको जस्तो आफ्नो कन्ट्रोलमा राखी अभिभावकीय भुमिका खेल्न सक्ने भुमिकामा सल्लाह सुझाव दिनु उचित हुनेछ ।’

नेपाली काँग्रेस पार्टी नेतामुखि होइन् जनमुखि जनता र राष्ट्रको लागि नै हो भन्ने महशुस दिलाउनुपर्नेमा अधिवक्ता श्रेष्ठले जोड दिएका छन् । क्रियासिल सदस्यता खुलाउन माग गर्दै क्रियासिल सदस्यले नै वडादेखिका उम्मेदवार छान्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

‘कृयाशिल सदस्य खुल्ला गरि खल्तीको कृयाशिल खारेज गरि नयाँ अपडेट गरि कृयाशिल सदस्यबाट भोटहाली वडामा उम्मेदवार नेता छान्ने, क्षेत्रीय प्रतिनिधिबाट मेयर उपमेयर, प्रदेश साम्सद र संघको उम्मेदवार छान्ने ब्यवस्था गरौ ।’ उनले लेखेका छन्,‘बिधानमा भएको जिल्ला, प्रदेश र केन्द्रबाट उम्मेद्वार छान्ने प्रकृया खारेज गरौ ।’ अबको एक्काईसौ शताब्दीमा काँग्रेस अनिवार्य रुपमा सुहाउँदो नीति लिएर रुपान्तरण हुनै पर्नेमा उनले जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);