शंकास्पद वस्तु राख्नु अघि पासवानले सुन पसलमा फोन गरेर भनेका थिए– ५ लाख नदिए उडाइदिन्छु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

शंकास्पद वस्तु राख्नु अघि पासवानले सुन पसलमा फोन गरेर भनेका थिए– ५ लाख नदिए उडाइदिन्छु

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक सुनचाँदी पसलमा अगाडि बुधबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका व्यक्तिको कोठामा प्रहरीले छापा मारेको छ ।

प्रहरी वृत्त, गौशालाले शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानको सिनामंगलस्थित डेरामा छापा मारेको हो । त्यसक्रममा शंकास्पद वस्तु बनाउन प्रयोग भएको तार, टेप लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

पासवानले घटनामा आफ्नो संलग्नता समेत स्वीकारेका छन् । शंकास्पद वस्तु राखिएको सुनचाँदी पसल नजिकै रहेको क्यामरामा देखिएअनुसार उनले बिहान ७ बजेर ९ मिनेट जाँदा शंकास्पद वस्तु राखेर हिँडेका थिए ।

पासवान वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन् । उनले राखेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले हटाएको थियो । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, डिस्पोज गरिएको वस्तुमा विष्फोटक पदार्थ थिएन ।

प्रहरीका अनुसार, पासवानले पसलका सञ्चालकलाई फोन गरेर ५ लाख रुपैयाँ माग गरेका थिए । नदिए उडाइदिने भन्दै शंकास्पद वस्तु राखेका थिए । सो स्थलमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गरिएको पर्चा समेत बरामद भएको थियो । त्यसरी राखिएको पर्चामा ‘आरडीएक्स बारुदको नाम राखिएको’ भनिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);