आजदेखि नयाँ कर लागु | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

आजदेखि नयाँ कर लागु

income-tax

काठमाडौं, १ साउन । आजदेखि ३ वटा थप नयाँ शीर्षकमा कर लाग्ने भएको छ । गत जेठ १५ गते पेस गरेको बजेटले चालु वर्षबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । २० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने व्यवस्था भएकोमा अबदेखि ३९ प्रतिशत कर लाग्ने व्यवस्था गरेको हो । वैदेशिक पर्यटन शुल्क, विलासिता र वैदेशिक रोजगारी शुल्कमा आजदेखि लागुहुने गरी कर बढाइएको हो ।

वैदेशिक पर्यटन कर
यसमा अब वैदेशिक भ्रमणको प्याकेज खरिद गर्दा लाग्ने शुल्कमा ५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ। विदेश भ्रमण निरूत्साहित र भ्रमणका नाममा जाने विदेशी मुद्रा कम गर्नका साथै स्वदेशी पर्यटन प्रवर्द्धन गर्न यो व्यवस्थाले सहयोग पु¥याउने सरकारको दाबी छ । भ्रमणमा गएको खण्डमा पनि सरकारको राजस्व बढ्ने भएको छ ।

विलासिता (लक्जरी) कर
सरकारले ’लक्जरी’ करका नाममा होटलको सेवा लागत पनि बढाएको छ । तारे स्तरका होटलमा बस्ने ग्राहक र त्यहाँ सेवा लिनेलाई पनि यस्तो कर लाग्नेछ । अब जम्मा तिर्नुपर्ने रकममा ग्राहकले थप २ प्रतिशत लक्जरी कर तिर्नुपर्छ ।

वैदेशिक रोजगारी कर
आजदेखि वैदेशिक रोजगारी कर पनि सुरू हुनेछ । वैदेशिक रोजगार व्यवसायी तथा म्यानपावर कम्पनीहरूले श्रमिकहरूबाट उठाउने सेवा शुल्कमध्ये एक प्रतिशत रकम वैदेशिक रोजगार करका रूपमा तिर्नुपर्ने व्यवस्था गरिएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);