बञ्चरेडाँडावासी फेरी आक्रोसित, रोकिए फोहोरका कन्टेनर | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

बञ्चरेडाँडावासी फेरी आक्रोसित, रोकिए फोहोरका कन्टेनर

काठमाडौं, १ साउन । बञ्चरेडाँडावासी फेरी आक्रोसित भएका छन् । सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासी आन्दोलित भएका हुन् ।

उनीहरुले ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गर्दै आज फोहोर विसर्जनमा रोक लगाएका छन्।

अवरोधपछि काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनरबीच बाटामै रोकिन बाध्य भएका छन् । ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीयहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ।
स्थानीयबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनप्रतिनिधिहरू पनि सडकमा आएको बताइएको छ । file photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);