काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले मिटरब्याज विधेयक पास गर्न सहमत भएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमालले सो विधेयक पास गर्न सहयोग गर्ने भएको हो ।
संसद बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले मिटरब्याज बारेको विधेयक पास गर्न समर्थन गर्ने निर्णय गरेको हो ।