अर्थमन्त्री भन्छन्–नयाँ पार्टी कति टिक्छन् हेरौँला | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

अर्थमन्त्री भन्छन्–नयाँ पार्टी कति टिक्छन् हेरौँला

काठमाडौं, ३१ असार । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गरे।

उनले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरे।

‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँ नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन्। हामी दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली काँग्रेस,’ उनले भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला।’ समाचारपत्र

Leave a Reply

ताजा समाचार