सुर्य भगवानले सबैको रक्षा गरुन, तपाईको आजको दिन कस्तो रहला ! | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सुर्य भगवानले सबैको रक्षा गरुन, तपाईको आजको दिन कस्तो रहला !

काठमाडौं, ३१ असार । ज्योतिष शास्त्रमा राशिफललाई निकै महत्वपूर्ण मानिएको छ । राशिफलका अनुसार आज जुलाई १६, २०२३, आइतबार । आज सबै राशिका लागि मिश्रित दिन रहेको छ । राशिफलका अनुसार आज केही राशिका व्यक्तिहरूलाई कार्यक्षेत्रमा प्रगति र आम्दानीका नयाँ स्रोतहरू मिल्नेछ । आज कृष्ण पक्षको चतुर्दशी तिथी यही असार १६ गते राति १० बजेर ८ मिनेटमा समापन हुने र यसै समयदेखि अमावस्या तिथी प्रारम्भ हुने पञ्चाङमा उल्लेख छ ।

मेष राशि
आजको दिन तपाईको उतार चढावले भरिपूर्ण रहनेछ। स्वास्थ्यमा केही चिन्ता बढ्न सक्छ। व्यापारमा घाटा पनि बेहोर्नु पर्नेछ । विपक्षी वर्ग सक्रिय रहनेछन्, साथै परिवारमा आपसी मतभेद बढ्न सक्छ। श्रीमतीसँग पनि विवाद हुनसक्छ ।

वृष राशि
आज स्वास्थ्यमा ह्रास आउने दिन छ । आज तपाई कुनै खास विषयमा मानसिक रुपमा विचलित रहन सक्नुहुन्छ। व्यापार–व्यवसायमा आज कुनै नयाँ कामको थालनी नगर्नुहोस् । व्यापारमा ठूलो जोखिम नलिनुहोस्। घरपरिवारमा पत्नीसँग मतभेद हुनसक्छ। दाजुभाइसँग कुनै कुरामा विवाद हुन सक्छ।

मिथुन राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ । स्वास्थ्य राम्रो रहनेछ। व्यापार–व्यवसायमा कुनै नयाँ कामको थालनी हुनेछ । रोकिएको धन प्राप्त हुनेछ। पारिवारिक समाजमा मान सम्मान बढ्नेछ। घरपरिवारमा पैतृक सम्पत्ति प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।
कर्कट राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ । विशेष कामको लागि वैदेशिक यात्रामा जान सकिनेछ । अदालतमा विजय प्राप्त हुनेछ। व्यापार व्यावसायमा आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन् । परिवारमा इज्जत बढ्नेछ र परिवारको हितमा कुनै ठूलो निर्णय लिन सकिनेछ।

सिंह राशि
आज तपाई वादविवादमा फस्न सक्नुहुन्छ । विशेष काममा अवरोध आउन सक्छ । स्वास्थ्य पनि बिग्रन सक्छ। लामो यात्रा आदिमा जाने सम्भावना छ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । पैतृक सम्पत्तिलाई लिएर परिवारमा मतभेद बढ्न सक्छ। व्यापार–व्यवसायमा घाटा हुनसक्छ ।

कन्या राशि
आज तपाईको मन अशान्त रहनेछ । केही अज्ञात भय मनमा रहनेछ । परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ । व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । नजिकको व्यक्तिको व्यवहारले मन खिन्न हुन सक्छ । घरपरिवारको वातावरण तपाईको विरुद्धमा रहनेछ ।

तुला राशि
आजको दिन तपाई आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित रहन सक्नुहुन्छ । लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ ।

वृश्चिक राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ । लामो समयदेखि सोचेको काम आज विशेष व्यक्तिको माध्यमबाट पूरा हुनेछ । स्वास्थ्य राम्रो रहनेछ र व्यापारमा आर्थिक लाभ हुनेछ। नयाँ कार्य योजना बनाइनेछ । परिवारमा प्रियजनको सहयोग प्राप्त हुनेछ । पत्नीसँगको मनमुटाव समाधान हुनेछ ।

धनु राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ । तपाईं कुनै षड्यन्त्रको शिकार हुन सक्नुहुन्छ। व्यापार–व्यवसायमा घाटा हुनसक्छ । कुनै नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने यो समय उपयुक्त छैन। घरपरिवारमा सम्पत्तिको विषयमा विवादको वातावरण रहनेछ। सम्मानमा कमी आएको महसुस हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, दुर्घटनाको सम्भावना छ ।

मकर राशि
आज तपाईको मन अशान्त रहनेछ । आज तपाईको नजिकको व्यक्तिको दुखद समाचार प्राप्त हुनेछ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । लामो यात्रा आदिमा नजानुहोस् । व्यापारमा आज कुनै ठूलो जोखिम नलिनुहोस् । आज क्षेत्र परिवर्तन गर्नु तपाईको लागि उचित हुनेछैन। घरपरिवारका मानिसहरु तपाईको विरुद्धमा आउन सक्छन् । मान सम्मानमा कमी आउनेछ ।

कुम्भ राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। सोचेका काम पुरा हुनेछन् । विशेष व्यक्तिसँग भेटघाटले व्यापार क्षेत्रमा नयाँ काम पाउन सकिनेछ, जुन लाभदायक रहनेछ। परिवारमा शुभ कार्यको योग रहनेछ। परिवारमा सबैले सम्मान गर्नेछन्। परिवारसँग लामो यात्रामा जान सकिनेछ। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ ।

मीन राशि
तपाईको लागि आजको दिन राम्रो रहनेछ । तपाईंले आज आफ्नो जीवनमा ठूलो निर्णय लिन सक्नुहुन्छ । जसको फाइदा तपाई भविष्यमा देख्नुहुनेछ । स्वास्थ्य राम्रो रहनेछ, बोलीमा संयम राख्नु होला । बहसबाट टाढा रहनुहोस्। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । रोकिएको धन प्राप्त हुनेछ। आज परिवारसँग धार्मिक यात्रामा जान सकिनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);