आवश्यक संख्या पुगेको महसुस भएको दिन संसदीय दलको नेता परिवर्तन गरेर अघि बढ्ने गगनको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

आवश्यक संख्या पुगेको महसुस भएको दिन संसदीय दलको नेता परिवर्तन गरेर अघि बढ्ने गगनको दाबी

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने स्पष्ट गर्नुभएको छ ।

विराटनगरमा शनिबार पत्रकारहरूसँगको भेटघाटमा महामन्त्री थापाले आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने स्पष्ट गर्नुभएको हो ।

संसदीय दलको नेताका लागि मैले भिडेकै हो भन्दै थापाले पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास रहेको स्मरण गराउनु भयो । आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्ने थापाको भनाइ छ । तनहुँमा उपनिर्वाचन हारेको र मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले कांग्रेसमा ८७ सांसद छन् ।

साउन २ गतेबाट पार्टीको केन्द्रीय कार्यसमितिको सुरू हुने बैठक विधानअनुसार नियमित हुने थापाको दाबी छ । बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्छ र त्यसपछि व्यापक छलफल गरेर पार्टी अघि बढने थापाले बताउनु भयो ।

नीति महाधिवेशनले पार्टीले गरेको निर्णयहरूको समीक्षा र भावी कार्यदिशा तय गर्ने भन्दै थापाले पार्टीले चुनाव अगाडि गरेको गठबन्धनले देशको राजनीति गिजोलिएको र पार्टीहरू स्वतन्त्र रूपमा सोच्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । सीमित व्यक्तिको सल्लाहमा चलेकाले कोशी प्रदेश सरकारमा अप्ठेरो परिस्थिति आएको थापाले टिप्पणी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);