रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस

काठमाडौं । सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ ।

सात नियोगहरूमा राजदूत खाली रहेको अवस्थामा सरकारले क्यानडाबाहेक अन्य स्थानमा मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरेको हो ।परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ ।

बेल्जियमका लागि नेपालका पूर्वराजदूतथापा अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । उहाँबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका छन् । जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई , प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ ।

यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि सहसचिव तेजबहादुर क्षेत्री यूएईको राजदूतमा तथा सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत सिफारिस भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);