काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आइपुगेका छन् । लु शुक्रबार नेपाल भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।
नेपालमा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । आज ४ बजे उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
लु ले बेलुका ६ बजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनुअघि पनि लू ले नेपाल भ्रमण गरेका थिए ।
लु ले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने जनाइएको छ ।
अमेरिकी मन्त्री लु नेपालमा धेरै पटक यस अघि नै आइसकेका छन् ।