कोशी ब्यारेजमा बससँग जुध्दा ट्रक सप्तकोशीमा खस्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

कोशी ब्यारेजमा बससँग जुध्दा ट्रक सप्तकोशीमा खस्यो

काठमाडौं, २९ असार । सप्तकोशीमा आज बिहान ट्रक खसेको छ । कोशी ब्यारेज पुलमा यात्रुवाहक बस र ट्रक जुध्दा सप्तकोशीमा ट्रक खसेको हो ।

आज बिहान ७ : ४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक वुलको बार भत्काएर नदीमा झरेको थियो ।

ट्रकमा सवार तीनै जनालाई उद्धार गरिएको छ । चालक दिनेश खत्री, भोला दाहाल र भारतीय नागरिक उमेश राजपुत सवार थिए । उनीहरु तीनैजना पौडी खेलेर बाच्न सकेका हुन् । ट्रकको भने खोजी भइरहेको छ ।

ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);