राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यकः महासचिव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यकः महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले असंलग्न परराष्ट्रनीति कमजोर बन्दै गइरहेको बताउनुभएको छ ।

बिहीवार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै आपत्ति जनाउनु भयो । सरकार पनि राष्ट्रिय सहमतिबाट नै बनाउन आवश्यक रहेको बताउनु भयो ।

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताउनु भयो । उहाँले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताउनु भयो । उहाँले परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको बताउनु भयो । उहाँले राष्ट्रिय अस्मिता कमजोर हुनु, राजनीतिक दलहरु एक ठाउँमा नउभिनुले शक्तिकेन्द्रले नाजायज फाइदा उठाइरहेको बताउनु भयो ।

महासचिव गुरुङले बीआरआई प्रभावकारी ढंगबाट अघि बढ्न नसकेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);